सरकारी कर्मचारीसहित जुवा खालबाट ५ जना पक्राउ

Posted on: 16 Sep, 2017

भदौ ३१, जुम्ला । जुम्ला सदरमुकामको एक होटलबाट जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा विहिवार राति १० बजेपछि जुवा खालबाट उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  जुवा खेल्नेहरुमा सरकारी कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

सबै जुवाडेको नाम सार्वजनिक गरेपनि ति मध्य सरकारी कर्मचारी को को हुन् भन्ने बिवरण खुलाएको छैन । पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर ७ का धिरबहादुर महत, तिला गाउँपालिका वडा नम्बर ५ का रणबहादुर बुढा रहेका छन

यसैगरी चन्दननाथ नगरपालीका वडा नम्बर ४ का कालिबहादुर भण्डारी, तिला गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र बुढा र चन्दननाथ नगरपालिका वडा नम्बर ४ का नवराज भारति रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । ५ दिन भित्र घटनाको विषयमा थप अनुसन्धान गरेर उनिहरुलाई जिल्ला अदालतमा कारवार्हीको लागी पठाईने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!