जुम्लाकी किशोरीले न्याय खोज्दै पत्रकार गुहारीन्

Posted on: 16 Sep, 2017

भदौ ३१, जुम्ला । जुम्लाकि एक किशोरीले शुक्रबार आज पत्रकार सम्मेलन मार्फत न्यायको माग गरेकि छन् । 

जुम्लाकै एक २३ बर्षिय युवकले आफुलाई जबरजस्ती करणी गरेको बताउदै पत्रकार सम्मेलन मार्फत १९ बर्षिय किशोरीले न्यायको माग गरेकि हुन् । आफुलाई जबरजस्ती करणी गरेको घटना प्रहरीमा जायरी गरेको ५ महिना पुग्दा समेत कुनै सुनुवाइनै नभएको भन्दै किशोरीले न्यायका लागि गुहार गर्न थालेकि छन् । उहाँका हनुसार काठ्माडौको बौद्ध स्थीत भाडाको कोठामा जुम्लाकै एक युवकले अहिले तिमिलाई माया गर्छु, तर पछि बिहे समेत गर्छु भन्दै जबरजस्ती करणी गरेका हन् । 

घटनाको प्रहरीमा जायरी गरेको लामो समय बितिसक्दा समेत प्रहरीले अझैसम्म पिडक युवकलाई पक्राउ गर्न नसकेकोमा किशोरीले आपत्ती जनाएकि छन् ।  आफुले न्याय नपाउन्जेल सम्म निरन्तर न्यायका लागि लडिरहने उहाँको भनाइ छ । 

घटना काठमाडौमा घटेको भएपनि  पिडित र पिडक दुवै जना जुम्लाका रहेको प्रहरीले जनाएको हो । पिडकलाई लाई सजाय र पिडितको न्यायका लागी सरोकारवालाहरुलाई सहयोग गरिदिन किशोरीले आग्रह गरेकी छन् । 

यता जवजस्तीकरणी सम्मबन्धीको मुद्धा दर्ता  भए देखि नै फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठामाडौको महाबौद्धबाट खोजतलासको लागी पत्र आएको हुनाले जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको छ । 

नेपालका सबै ठाउँमा हुलिया काटेर पठाएको हुनाले आरोपित कुनै पनि हालतमा उम्कन नपाउने प्रहरीको भनाइ छ । मुद्धा दर्ता भएदेखि फरार अभियुक्त परिवारको सम्पर्कमा समेत नरहेकोले प्रहरीलाई आरोपितको घरपरिवारले बयान दिने गरेको प्रहरी सहायक निरिक्षक शाहीले बताउनुभयो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!