जुम्लाका होटलमा काम गर्ने बाल मजदुरको उद्धार

Posted on: 17 Sep, 2017

असोज १, जुम्ला । होटल मजदुरका रुपमा जुम्लामा काम गरीरहेका एक बालकको उद्धार गरीएको छ । 

चन्दननाथ नगरपालिका–५ मा अवस्थीत जेनी एण्ड जेन्सी होटलमा मजदुरी गरिरहेका अछाम जिल्ला पंचदेवल नगरपालिका –६ लयाटीका ११ बर्षीय बालक मंगल भुल (विशाल केसी) लाई आइतबार उद्धार गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय, महिला तथा बालवालिका कार्यालय र राष्ट्यि मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाको पहलमा बालकको उद्धार कार्य सफल भएको छ । 

उद्धार गरिएका बालकलाई उहाँकै अभिभावकलाई बुझाउनका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका महासचिव नैन बहादुर शाही मार्फत जिल्ला बालकल्याण समिति दैलेखले बुझि लिएको जिल्ला बालकल्याण समिति जुम्लाले जनाएको छ । 

बालकको घर दैलेख जिल्लामा जोडिएको सिमाना अछाम पंचदेवल नपा ६ लयाटीमा पर्ने भएकोले दैलेख जिल्ला बालकल्या समितिलाई बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!