तातोपानी गाउँपालिकाको स्वास्थ्य चौकी सहयोगीको भरमा

Posted on: 17 Sep, 2017

असोज १, जुम्ला । तातोपानी गाउँपालिका स्थित लाम्रा स्वास्थ्य चौकीमा आइतबार कार्यालय सहयोगी मुनप्रसाद चौलागाई मात्र थिए । 

उहाँले स्वास्थ्य चौकीमा आएका विरामीलाई सामान्य रुघाखोकी, झाडापखला लागेका विरामीलाई सिटामोल र जीवनजल दिने काम गरिरहेका थिए । भने सामान्य चोटपटक लागेका विरामीलाई टिनीचर लगाएर व्याण्डीङ गर्ने काम गरिहेका थिए । उहाँले भन्नुभयो आज अरु स्वास्थ्य कर्मचारी आएका छैनन् । किन आएनन् भन्ने जिज्ञासामा आफुलाई जानकारी नभएको बताउनुभयो । 

दिनहु २०/३० जना विरामीहरु स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाचका लागि आउने गर्दछन् । मौसम अनुसार स्वास्थ्य चौकीमा झाडापखाला, रुघाखोकी, दम, ज्वारो टाउको दुख्ने जस्ता विरामीहरु नियमित आउछन् उहाले भन्नुभयो । स्वास्थ्य चौकीका इन्र्चाज गोपाल गिरीले जानकारी गराएर आफु आजको दिन स्वास्थ्य संस्थामा नगएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो अनमी शान्त शाह तालिममा रहेकी छन् । 

भगवती देवकोटा र निर्माण भण्डारीको बर्थिङ सेन्टरमा नाईट डियूटि हो । पदनाम् अनमी पद्मा चौलागाई विदामा बसेकी छन् । भने अहेव हिमाल न्यौपाने मासिक प्रतिवेदन बुझाउनका लागि जिल्लामा गएको इन्र्चाज गिरिको भनाई छ । 

आफु २०७३ चैत्र ९ गतेबाट सरुवा भई लाम्रा स्वास्थ्य चौकीमा आएको र पहिलेका इन्र्चाज गुरुप्रसाद चौलागाईले केही पनि बरबुझारत नगरेकाले स्वास्थ्य चौकीमा के कस्तो अवस्था छ र कसरी जाने भन्ने विषयमा अन्यौल भएको इन्र्चाज गिरिले बताउनुभयो । उहाले भन्नुभयो, अब केही दिनमा बरबुझारत गर्ने समन्वय भएको छ । स्वास्थ्य चौकीमा निशुल्क पाईने ३५ प्रकारका औषधिमध्य आईरन चौकी न्यून मौज्दात छ । 

आर.एल. सलाईन पानी, गज, कटन लगएतका औपधि सामाग्रि जिल्ला स्टोरमा पनि नभएकोले समस्या भईरहेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि स्थानीय तह गाउँपालिकाले नै औषधि खरिद गर्ने बजेट विनियोजन गरेकोले गाउँपालिकाले अहिले औषधि खरिद गरेको छैन । 

उक्त लाम्रा स्वास्थ्य चौकीमा बथिङ सेन्टर समेत संचालनमा रहेको छ । बथिङ सेन्टरमा खानेपानी र शौचालयको पनि अभाव छ । पानी अभावका कारण शौचालय तालाबन्दी गरिएको छ भने खानेपानीका लागि स्थानीय तहमा पहल भईरहेको स्वास्थ्य चौकी इन्र्चाज गिरिले बताउनुभयो ।                                



यस बिषयमा तपाइको प्रतिक्रिया...!