स्वास्थ्यकर्मिद्धारा प्रतिष्ठान अनिश्चितकालिन तालावन्दी, सेवा प्रवाह ठप्प

Posted on: 17 Oct, 2017

नन्दराम जैशी | असोज ३१, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्वास्थ्यकर्मिहरुले अनिश्चितकालिन प्रतिष्ठान तालावन्दी गरेका छन् । आफ्नो दक्षता र योग्यताको अपमान गर्दै स्वास्थ्यकर्मिहरुको सेवा सुविधाप्रति प्रतिष्ठानले ध्यान नदिएको भन्दै स्वास्थ्यकर्मिहरुले सोमबारदेखि अनिश्चितकालिन प्रतिष्ठान तालावन्दी गरेका हुन् । प्रतिष्ठानको प्रशासन शाखामा गरीएको तालाबन्दी माग सम्बोधन नभएसम्म जारी राख्ने स्वास्थ्यकर्मिहरुले बताएका छन् । प्रतिष्ठान तालाबन्दी हुँदा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएका छन् । तालाबन्दीपछि जारी प्रेस विज्ञप्तीमा कथित तह ३ काकर्मचारी मिनालको विषय सिनेटको बैठकले वास्था नगरेकोप्रति आक्रोस ब्यक्त गरीएको छ ।


प्रेस विज्ञप्तीमा लेखिएको छ, हामिपिछडिएको क्षेत्रमा संवेदनशिल स्वास्थ्य सेवामा अनवरत रुपमा कार्यरत अहेब, अनमि, ल्याप असिष्टेन लगाएतका कथित तह ३ का कर्मचारीहरुले यस संस्थाको अधिकांश कार्यभार बहन गरेका छौ । तर सेवामा अवरात्र खट्दै आएपनि राज्यले तोकेको सेवा सुविधाबाट प्रतिष्ठानले आफुहरुलाई  बञ्चीत गरेकोले पटक पटक विरोधका कार्यक्राम सहित प्रतिष्ठान तालाबन्दी गर्न बाध्य भएको कथित तह ३ कर्मचारीहरुको भनाइ छ । सिनेटको बैठकले आफ्ना एजेण्डा प्राथमिकतामा नपरेको भन्दै आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुने गरी तालावन्दी गरिएको मेडिकल रेकर्डर धन बहादुर शाहिले बताउनुभयो ।

प्रतिष्ठान प्रशासनलाई आफ्ना मागका सन्दर्भमा २४ घन्टाको अल्टिमेटम दिदा पनि प्रशासन मागका विषयमा उदासिन देखिएको कथित तह ३ का ३८ जना बढि कर्मचारीहरुको भनाइ छ । सिनेट बैठकले प्रतिष्ठानको नियामवली २०६९ विपरित कार्य गरीरहेको विज्ञप्तीमा उल्लेख छ । उक्त विज्ञप्तीमा नेपाल सरकारद्धारा स्वास्थ्य सेवामा तहगत मिलान गर्नका लागि कर्मचारी समायोजन विधेयक पारित भईसकेको अवस्थामा तह ३ का कर्मचारी स्वतः तह ४ हुने भएपनिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो विधेयकलाइ ओझेलमा राख्दै कर्मचारीको हित विपरीत कार्य गरेको उल्लेख छ । सोहि विज्ञप्ती मार्फत आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुदाँसेवाग्राहिप्रति पर्नजाने असुविधाप्रति क्षमता आचना गरीएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!