जुम्ला बार एसोसियसन अध्यक्ष कठायतको निधन

Posted on: 18 Oct, 2017

नन्दराम जैशी | कात्तिक १, जुम्ला । नेपाल बार एसोसियसन जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको हृदयघातका कारण निधन भएको छ । 

कठायतलाई मंगलवार राति १२ बजे हृदयघातको समस्या देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लगिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा ४४ वर्षीय कठायतको बाटोमै निधन भएको परिवारले जनाएको छ । 

जुम्ला चन्दननाथ ५ निवासी मोहनसिंह कठायतको बुधबार नै दाहासंस्कार गरिएको छ । दाहसंस्कारमा  सुर्खेत–जुम्ला उच्च अदालतका न्यायाधिश रमेशप्रसाद राज भण्डारीसहित सयांै व्यक्तिहरु तिला नदीको घाटमा पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!