सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई

Posted on: 06 Mar, 2018

फ़ागुन २२, जुम्ला | जुम्लाका अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । गरिब, विपन्न, दलित बालबालिकाका अभिभावकले नीजी विद्यालयमा पढाउन नसक्ने भएकाले सामुदायिक विद्यालयमा पनि अंग्रजी माध्यमबाट पठनपाठन सुरु भएको हो ।

जुम्लाका आधारभुत र माध्यामिक विद्यालय गरि जम्मा १ सय ६९ रहेको भएपनि प्रायः सबै विद्यालयले गर्त वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । 

अंग्रेजी माध्यमबाट पढेमा उच्च शिक्षा हासिल गर्न सहज हुने र सबै अभिभावकको अंग्रेजी पठनपाठनमा आकर्षण भएपछिसामुदायिक विद्यालयले यस वर्षबाट नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!