जुम्लाको एक होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते, लाखौको क्षती

Posted on: 14 Feb, 2019

फागुन २, जुम्ला । जिल्ला सदरमुकाम स्थीत ग्रीनल्याण्ड होटल आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्, भने आगलागिबाट लाखौको क्षती भएको छ । बुधबार राति करिब १२ बजेतिर भएको आगलागीमा परेर होटलका कुक समेत रहेका विरेन्द्रनगर १३ सुर्खेतका ४० बर्षिय मान बहादुर दर्लामी मगर घाईते भएका हुन् । उनको शरीरको बाहिरी भाग र अनुहार जलेको छ । आगलागी हुँदा बाहिर निस्किने ठाउँ नभेटेपछि उनि जलेर गम्भिर घाइते भएका थिए । हाल उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

आगलागिबाट होटल आंशिक रुपमा जल्दा  २१ लख ७४ हजार बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले अन्नपुर्णलाई जानकारी दिएको छ । आगलागीको कारण खुल्न नसके पनि बालिएको मैनबत्तीबाट आगो सल्केर होटल जलेको हुनसक्ने अनुमान गरिएको छ । आगलागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा राति करिब १ बजेपछि मात्र नियन्त्रणमा लिइएको हो । होटलभित्र रहेका भाँडावर्तनलगातका सुनका महँगा गहना र सामानहरुमा ठूलो क्षति भएको होटल सञ्चालक चेतन रावलले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!