जुम्लामा पहिलो महिला सिडिओ

Posted on: 02 Mar, 2019

फागुन १८, जुम्ला । जिल्लाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४० औ सिडियोको रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छन् । शुक्रबार बिहान १० बजे जहाजबाट जुम्ला पुग्ने वित्तिकै उनले कार्यभार समालेकी हुन । पहिलो पटक महिला महिला प्रमुख जिल्ला अधिकारी पाउँदा स्थानीयले समेत खुसी ब्यक्त गरेका छन् । महिला सिडियो पाएपछि जिल्लाबासीले कानुन कार्यान्वयनको अवस्था बलियो हुँदै जानुका साथै हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शिताको संस्कृति विकास हुने अपेक्षा गरेका हुन् ।


जुम्ला पुगेसँगै सबै निकायसँगको परिचयात्मक कार्यक्रम प्रजिअ बञ्जाडेले जारी राखेकि छन् । पत्रकासँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवाग्राही र सेवाप्रदायक कार्यालयबीचको सम्वन्धलाई प्रगाड बनाउने बातावरण सृर्जना गर्ने बताईन् । ‘सकारातमक परिवर्तनका लागि कतिपय ठाउँमा निकै कठोर र कतिपय ठाँउमा निकै नरम बन्नुपर्छ यसमा सबैको साथको अपेक्षा गर्दछुँ’ उनले भनिन्, ‘मेरो बलबुतोले भ्याएसम्म, ऐननियमले निर्दिष्ट गरे सम्मको अधिकार प्रयोग गरेर राम्रो कामका लागि सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गराउने पहल थाल्ने छुँ ।’

पहिलो दिनमै उनले जिल्लास्थित पत्रकारसंग भेटघाट गरेर आफ्ना् आगामी योजनाका बारेमा जानकारी दिएकि हुन् । संचारकर्मी, पत्रकारहरुलाई उनले प्रभावकारी सूचना प्रवाहमा जोड दिन अनुरोध गरीन् । जुम्लाको शान्ति सुरक्षा र बिकास निर्माणमा भएका सकारात्मक कामलाई उजागर गर्दै नकारात्मक पक्षलाई लेखनशैलीका माध्यमवाट खबरदारी गर्न उनको सुझाब छ । उनले सरकारसँग कर्णालीमा काम गर्ने अबसरका लागि गरेको मागका आधारमा जुम्ला आफ्नो रोजाईमा परेको बताईन् । जुम्लामा पहिलो पटक महिला सिडिओ आएपछि स्थानीयले थुप्रै अपेक्षा गरेका छन् । पत्रकारहरुले प्रजिअ बञ्जाडेलाई स्थानीय तहले राज्यको सम्पतिको दोहन गरेको, कानुन भन्दा पनि भनसुनका आधारमा कामकाज अघि बढेको, सार्वजनिक सरोकारका बिषयमा र नागरिकले सास्ती पाइरहेको बिषयप्रति ध्यानाकर्षण गरेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!