बेरोजगार फाराम भर्नेको भीड

Posted on: 11 Apr, 2019

चैत २८, खलङ्गा (रासस) | सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् । 

सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी पहिलो चरणमा इच्छुक बेरोजगार व्यक्तिले रोजगारीका लागि फाराम भरिरहेका छन् । तातोपानीले हरेक वडा कार्यालयमा गई बेरोजगार फाराम भर्ने अभियना तीव्र पारिएको रोजगार संयोजक सरिता शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार बेरोजगारी फारम भर्नेमा बढी साक्षर व्यक्ति आएका छन् । धेरै पढेलेखेका नभई केही मात्रै पढेकाहरुले बढी फारम भर्ने चासो गरेका उहाँले बताउनुभयो । यसैगरी गाउँपालिकाले हरेक वडामा गएर छलफल तथा अन्तत्र्रिmया नै गरेर फाराम भर्न शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । सो कामका लागि चाँडै कार्यान्वयन गर्न रोजगार संयोजकलाई वडास्तरमै समेत खटाइएको उहाँको भनाइ छ । 

यसैगरी जिल्लाको गुठीचौर गाउँपालिकाले पनि बेरोजगार तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुर्याएको छ । त्यहाँ ९० प्रतिशत कार्य सकिएको प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गुठीचौैरमा दुई हजारभन्दा बढीले बेरोजगार फाराम भरेका छन् । रोजगार संयोजक दीपेन्द्र पौडेल त्यहाँ हाजिर भएर काम शुरु गरिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!