सानिमा लाईफ ईन्स्योरेन्सको ४४ औँ शाखा जुम्लामा

Posted on: 20 May, 2019

नन्दराम जैशी, जेठ ६, जुम्ला । सानीमा लाईफ ईन्स्योरेन्स कम्पन्नी लिमिटेडको जुम्ला शाखा उद्घाटन गरीएको छ । सानीमा लाईफ ईन्स्योरेन्स आफ्नो ४४ औँ शाखा जुम्लामा विस्तार गरेको हो । शाखा उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि हरेक नागरीकले जीवन बीमा अनिवार्य गर्नुपर्ने बताए । बिमाबारे अँझै पनि दुर्गमका नागरीकलाई राम्रोसँग जानकारी नभएको भन्दै हरेक नागरीकलाई बिमाको पँहुजमा पुर्र्याउन सानीमा लाईफ ईन्स्योरेन्सले भुमिका खेल्ने उनको भनाई छ । आईतबार एक औपचारिक कार्यक्रमकाबीच शाखा उद्घाटन भएपनि ईन्स्योरेन्सले यस अघि नै सेवा सुचारु गरेको शाखा म्यानेजर रवि नेपालीले बताए ।


ईन्स्योरेन्स कम्पनीका महाप्रवन्धक शिवराज तिमिल्सीनाले भविष्यमा पुस्ताको सुरक्षा र आफ्नो जोखिम न्युनिकरणका लागि जिबन बिमा आबश्यक रहेको बताए । राष्ट्यि बिमा समितिको तथ्याक अनुसार देशको कुल जनसख्ंयाको १७ प्रतिशत नागरिक मात्रै बिमित छन् । ‘यो तथ्यांक अनुसार कर्णालीमा जिबन बिमा गर्नेको संख्या निकै कम छ’ उनले भने, ‘अब सानिमा लाईफ ईन्सोरेन्सले गाउँ गाउँमा गएर घरदैलो बिमा कार्यक्रम संचालन गर्नेछ ।’ उद्घाटन कार्यक्रममा सहभागी विभिन्न बंैक तथा वित्तिय संस्थाका प्रमुखहरुले बिमा कम्पन्नीले सेवामा गुणस्तर र विश्वसनियता कायम गर्नुपर्ने बताए । शाखा उद्घाटनसँगै सेवा शुचारु गरेको ईन्स्योरेन्ले जिबन बिमाबारे विभिन्न कार्यक्रम ल्याएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!