जुम्लामा कार्यरत सशस्त्र प्रहरीका इन्स्पेक्टर अभिषेक थापाको अचानक मृत्यु

Posted on: 06 Nov, 2019

कार्तिक २०, काठमाडौँ | जुम्लामाको गण त्रिपुरामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक अभिषेक थापाको मृत्यु भएको छ | बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको हो |

मंगलबार राति सकुशल खाना खाएर सुत्नु सुतेका बिहान शारीरिक अभ्यास गर्न नआएपछि खोजी गर्दा बेहोस अवस्थामा भेटिएको रअस्पतालले उनलाई मृत घोषित गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए |

मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!