कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार हुदै

Posted on: 30 Jan, 2018

नन्दराम जैशी/माघ १६, जुम्ला । कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्ने कार्य जुम्लामा सम्पन्न भएको छ । 

जुम्लाका सबै स्थानिय तहका ग्रामिण बस्तीहरुसम्म सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमलाई चुनौती दिदै कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार कार्यमा जुटेको सिम्पल इन्टीलीजेन्ट सिस्टम एण्ड टेक्नोलोजि प्रा.लिले जुम्लामा काम सम्पन्न गरेको छ । 

वईव सरोवर कम्युनिकेशन प्रा.लि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल इन्टीलीजेन्ट सिस्टम एण्ड टेक्नोलोजि प्रा.लि जुम्लाको १ करोड लगानीमा सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तार भएको हो । 

सिम्पल नेटर्वकका प्रवन्धक प्रतिभा शाहीका अनुसार नेपालगंजको मिटप्वाइन्टबाट सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवाको लिंक दैलेखको रानीमता टावर हुदै कालिकोटको पुग टावरबाट जुम्लाको बास्थाप्ला टावरमा पठाईने भएको छ । 


जस अन्र्तगत जुम्लाको बास्थाप्ला टावरले जिल्लाका सबै स्थानिय तहलाई पायक पर्ने हिसाबले विस्तार गरीएका १ दर्जन बढि टावरमा सिम्पल नेटर्वकको तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्नेछ । 

उनले भनिन्, ‘हामि तत्काल कर्णालीमा तिब्रगतिको ईन्टरनेट सेवा विस्तार गर्दैर्छौ, जुम्लामा काम सम्पन्न भयो, स्थानियले ढुक्कताका साथ आफ्नो घरदैलोमै ५० एमबिको क्षमता सहितको ईन्टरनेट सेवा प्रयोग गर्नेछन्, सिम्पल नेटर्वकको बजार मागका आधारमा केहि बर्षभित्र देशभर सेवा शुरु हुनेछ’ ।    

सिम्पल नेटवर्कको तिब्रगतिको इन्टरनेट सेवाले कर्णालीका ग्रामिण क्षेत्रसम्मका नागरिकलाई सुचनाको पहुचमा ल्याउन सहयोग पुगेको छ । 

कम क्षमताको नेपाल टेलिकमको ईन्टरनेट सेवाबाट असन्तुष्ट सेवाग्राही र संघीय संरचनापछिका गाउँपालीकाहरु र सरकारी तथा गैर सरकारी कार्यालय समेत घरदैलोमै विस्तारीत ईन्टरनेट सेवा देखि खुसि भएका छन् । यो ईन्टरनेट सेवाले विशेष गरी स्थानिय तहको कार्य सम्पादनमा राहात पुग्ने भएको छ । 

पर्यटकिय क्षेत्रमा हर्ट स्पोर्ट   

कर्णालीमा प्रसिद्ध पर्यटकीय क्षेत्र दर्जन बढि छन् । यस्तो अवस्थामा यहाँ आउने पर्यटकले नेटवर्क अभावका कारण आफ्नो सुचना प्रवाह गर्न सास्ती खेपिरहेका छन् । 

यिनै समस्यालाई मध्यनजर गर्दै सिम्पल नेटर्वकले पर्यटकिय स्थलमा हर्ट स्पोर्ट संचालन गर्ने भएको छ । जसका लागी मुगुमा रहेको राराताल, जुम्लाको तातोपानी धारा, आधा दर्जनबढि दह र कुण्ड रहेका रमणिय पाटन क्षेत्र, खस भाषाको सभ्यता स्थान तथा सिंजा उपत्यका, कालिकोट, जुम्लाको सिमा तथा ब्यापारीक केन्द्र नाग्मघाट लगाएतका दर्जनौ स्थानमा हर्ट स्पोर्ट संचालन हुने भएको छ ।         

सदरमुकाम केन्द्रीत टेलिकमलाई धक्का 

खलंगा बजारमा अवस्थीत नेपाल टेलिकमले हाल चन्दननाथ नगरपालिका केन्द्रीत ईन्टरनेट सेवा दिइरहेको छ, भने टेलिफोन सेवा सदरमुकाम केन्द्रीत छ । अहिलेसम्म नगरभित्रका १० वटै वडामा टेलिफोन सेवा पुग्नसकेको छैन । 

२ एमवि क्षमता भएको नेपाल टेलिकमको इन्टरनेट सेवाले सेवाग्राही असन्तुष्ट भैरहेको अवस्थामा तिब्रगतिको सिम्पल नेटर्वकको ईन्टरनेट सेवाले टेलिकमलाई ठुलो धक्का पुगेको छ । 

अहिले टेलिकमबाट केही स्थानीय र सरकारी तथा गैरसरकारी कार्यालय बाहेक अरु स्थानीय सेवाग्राहीले ल्याण्ड लाईन र इन्टरनेट सेवा प्राप्त गर्न सकिरहेका छैनन् । चन्दननाथ नगरपालिकाको ८ र ९ नम्बर वडामा पर्ने तलिउम, जातीभिड लगायतका गाउँमा टेलिफोन सेवा अँझै पुगेको छैन ।    

बैकिङ सेवा शुरु गर्न सहज   

ईन्टरनेट समस्याका कारण स्थानीय तह गाउँपालिकामा बैकिङ सेवा शुरु गर्न समस्या भैरहेकोले सिम्पल नेटर्वकको ईन्टरनेट सेवा विस्तारपछि स्थानिय तहमा बैकिङ सेवा शुरु गर्न सहज हुने भएको छ । 

हाल ईन्टरनेट समस्या देखाउदै जुम्लाका ग्रामीण भेगका गाउँपालिका अझै पनि ईन्टरनेटसँग सम्बन्धीत  महत्वपुर्ण कार्य सदरमुकामबाटै सम्पादन गरीरहेका छन् । 

तिला गाउँपालिका कार्यकारी अधिकृत विष्णुप्रसाद धितालले स्थानीय तहमा इन्टरनेट र बैकिङ सेवा नभएकाले समस्या सदरमुकाम केन्द्रीत हुनु परेको बताए । केही सुचनाको जानकारी लिनुपर्ने अवस्था आएमा सदरमुकाम खलंगामै आउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।   

ईन्टरनेट सेवा विस्तारका लागी राखिएको रानीमता टावर ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!