सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

Posted on: 13 Nov, 2018

कात्तिक २७, कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् ।

मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।


नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई मुख्यमन्त्री भट्टले मंगलबारै दिउँसो पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् ।

यसअघि सामाजिक विकासमन्त्री रहेका दीर्घबहादुर सोडारीलाई मंगलबारै पदबाट बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।

पदीय मर्यादामा नबसेको र पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै सोडारीलाई बर्खास्त गरिएको थियो ।

उनी तिहारका बेला झन्डावाल गाडी दुर्घटनामासमेत मुछिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!