बजेट कार्यान्वयनमा ढिला गर्नु हुन्न: पुर्वमन्त्री सोडारी

Posted on: 05 Feb, 2019

माघ २२, धनगढी | सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७५÷०७६ को विनियोजित बजेट कार्यन्वयन हुन नसके विकास भाषणमा मात्र सिमित हुने बताएका छन । 


सोमबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुररिया मा रहेको शिद्धबाबा आधारभुत विद्यालयको २६ औं बार्षिक उत्सब समारोहमा बोल्दै सोडारीले प्रदेसका विभिन्न मन्त्रालयले विनियोजन गरेको बजेट र्दुतरुपमा कार्यान्वयन हुनुपर्ने धारणा राखे । 

उनले भने–‘बजेट विनियोजन भएको आधा बर्ष भैसक्यो जनता माझ आउन सकेको छैन, ‘अहिले तट्कारो भनेको बजेट तिव्र गतिमा कार्यान्वयन गर्ने बेला हो’ । अबको समय जनताको काम गर्ने बेला भएको भन्दै मन्त्री सोडारीले तिनवटै सरकार मिलेर विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने औल्याए । 


कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेस सभा सदस्य सोडारीले आफ्नो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउन आफु लागि परेको बताए । निशुल्क र अनिवार्य शिक्षा सरकारको नारा रहे पनी कतिपय ग्रामिण क्षेत्रका विद्यालयले अभिभावक शुल्क भनेर शिक्षक लाई पाल्नु पर्ने अवस्था छ, मन्त्री सोडारीले भने । 

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामप्रशाद चौधरीले स्वागत गरेका थिए । बार्षिक उत्सबमा विद्यालयले सञ्चालन गरेका विभिन्न खेल तथा प्रतियोगितामा उत्कृष्ट हुने लाई पुरष्कार प्रदान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!