सुदूरपश्चिम सरकार बजेट सक्न समारोह, गोष्ठी गर्दै, १५ दिनमा ५० करोड खर्च

Posted on: 02 Jul, 2019

असार १७, काठमाडौँ | नेपालमा बिकासका नाममा अर्बौ खर्च गरेर बजेट सक्ने चलन नहुलो होइन | आर्थिक बर्ष सकिन लाग्दा बजेट सक्ने हतारो सबै स्थानीय तह र सरकारलाई परेको छ | सुदूरपश्चिम सरकार लाइ पनि त्यस्तै भएको छ |

 आर्थिक बर्ष सकिन लाग्दा प्रदेश सरकार र मातहतका विभिन्न निकायहरुले  विभिन्न  औपचारिक कार्यक्रम ,गोष्ठी गरेर दैनिक करोडौका हिसाबले खर्च गरिरहेका छन् |  प्रदेश सरकारले चालु खर्चतर्फ  १२ अर्ब भन्दा बढि बजेट विनीयोजन गरेकोमा असार १५ गते सम्म ३३ प्रतिशत अथात् चार अर्ब १५ करोड खर्च गरेको छ भने  १५ दिनमा मात्र चालु तर्फ विभिन्न तालिम, गोष्ठी, औपचारिक सभा समारोह र तलब भत्तामा समेत गरी आधा अर्ब बढि अथात् ५० करोड ४६ लाख बजेट खर्च गरेका छन् |

चालु तर्फको नियमित कार्यक्रम पनि आर्थिक वर्षको अन्तमा आएर कार्यान्वयन गर्दा विकास निर्माण देखि लिएर अन्य सेवामुलक काम पनि प्रभावित भईरहेका छन्। तालिम गोष्ठीकै कारण पहाडी जिल्लामा कार्यरत कर्मचारीहरु पनि अहिले धनगढी केन्द्रीत भएका छन्। चालु खर्चमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका छोटा तथा लामा गरी विभिन्न किसिमका कार्यक्रम हुने र सम्बन्धीत निकायले आर्थिक वर्षको अन्तमा आएर कार्यान्वयनमा लैजाने गरेका कारण खर्चको अनुपात बढि देखिएको प्रदेश लेखा नियन्त्रणले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!