सुदुरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा

Posted on: 10 Nov, 2019

कार्तिक २४, कैलाली | सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् | उनले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् | उनीविरूद्ध आर्थिक अनियमितता आरोपमा  जिल्ला अदालत कञ्चनपुरमा ठगी मुद्दा दर्ता भएको छ |

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीमाथि छानविन सुरू गरेको छ | राज्यमन्त्रीले दिएको राजीनामाबारे केहीबेरमा मुख्यमन्त्री कार्यालयबाट जानकारी दिइने मुख्यमन्त्री भट्टले बताए | रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। 

उनीविरूद्ध जनज्योति एजुकेशनल फाउन्डेशनको सेयर रकम करिब १६ करोड रूपैयाँ ठगी गरेको आरोप छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!