८ तश्विरमा: दार्चुलाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स दुर्घटनाग्रस्त

Posted on: 27 May, 2018

लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बजे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन ।

घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाको रुपमा रहेका सोही ठाउँका ४० बर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ बर्षीय गणेशदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुरका २४ बर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।

महाकाली लोकमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको एम्बुलेन्स क्षतिग्रस्त भएको छ । एम्बुलेन्स सडकबाट करीब १ हजार मिटर  तल झाडीमा खसेको प्रहरीले जनाएको छ । घाइते सबैको प्रहरीले उद्धार गरीसकेको छ । घाइतेहरु चारैजनाको उपचार जिल्ला अस्पताल बैतडीमा भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो । एम्बुलेन्स दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् ।

तश्विरहरु हेर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!