कैलालीमा गहुँ उत्पादनमा बृद्धि हुने

Posted on: 27 Mar, 2017

दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमान गरेको छ ।

गत वर्ष १ लाख १४ हजार ८ सय ८५ मेट्रिकटन गहु उत्पादन भएकोमा यस वर्ष १ लाख २० हजार ७ सय ५० मेट्रिकटन गहु उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताउनुभयो । 

कैलाली जिल्लामा ३४ हजार ५ सय हेक्टर जमिनमा गहु खेती गरिदै आएको छ । यस बर्ष मौसमले साथ दिएका कारण गहु उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो  । 

त्यस्तै, गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले  मल तथा पेट्रोल नपाउनु,  असिनापानी पर्नुे,  तातो हावा चलेका कारण गहु उत्पादनमा कमि आएको तर, यो वर्ष भने मौसमले साथ दिएका कारण गहु उत्पादनमा ५ प्रतिशतले बृद्धि हुने पोण्डेयले बताउनुभयो । 

कैलाली जिल्लाले समग्र देशमा गहु उत्पादनमा ३ देखि ५ प्रतिशत हिस्सा ओगटने गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!