सुदूरपश्चिममा नेपाल भम्रण वर्ष २०२० को उद्घाटन

Posted on: 01 Jan, 2020

पुस १६, कैलाली | आज बुधबार जनवरी १ देखि भ्रमण वर्ष २०२० सुरु भए संगै सरकारले बिभिन्न कार्यक्रम गरी मनाईएको छ | त्यस्तै सुदूरपश्चिम प्रदेशको भ्रमण बर्ष पनि धनगढीबाट सुरु गरिएको छ | अन्य स्थानियतहहरुले पनि विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् |


सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित सङ्घीय प्रहरी एकाइ कार्यालय मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गरेर उद्घाटन गरिएको छ | प्रदेशका सबै जिल्लाहरुको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर कार्यक्रम उद्घाटन गरिएको छ |

त्यस अघि  धनगढीको ट्राफिक चौराहबाट ¥याली निकालेर आजको दिनलाई उत्सवको रुपमा मनाएर वर्षभरी पर्यटन गतिविधिलाई अगाडी बढाउने लक्ष्य रहेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ |

भ्रमण वर्ष २०२० लाई सफल बनाउँन् प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको मन्त्रालयको दाबि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!