कैलालीमा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ

Posted on: 06 Jan, 2020

पुस २१, कैलाली | कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ परेका छन |  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख ६० हजार घुस सहित पक्राउ गरेको हो |

धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थापाले कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको विषयमा जेसिभी र ट्रयाक्टरलाई नियन्त्रणमा लिएका थिए |

सरकारी नियमविपरीत आफूखुसी जेसिभी र ट्रयाक्टर छोड्न सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना आयोगले पाएपछि अनुसन्धान थालेको थियो | अनुसन्धानका क्रममा अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई वन उपभोक्ता समूहको कार्यालयबाट घुससहित पक्राउ गरिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!