कैलालीमा भारतबाट चोरेर ल्याएको १ करोड रुपैयाँ सहित तीनजना पक्राउ

Posted on: 14 Jan, 2020

पुस २९, धनगढी | भारतको दिल्लीबाट चोरेर १ करोड रुपैंया सहित ल्याएको कैलालीमा तीनजना पक्राउ परेका छन् |  दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि खटिएको कैलाली प्रहरीले जिल्लाको गौरीगंगा-२ की बिन्दा थापालाई सुरुवातमा पक्रउ गरेपछि थप दुइ जनापनि संलग्न रहेको भन्दै पक्राउ गरिएको हो |

पक्राउ पर्नेमा बाजुरको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ | बिन्दा थापाको कच्ची घरमा रहेको कोठा भित्र खटियामुनी खाल्टो खनेर टिनको बाकस भित्र प्लाष्टिक र कपडामा बेरी लुकाएको अवस्थामा ६५ लाख भारतीय रुपैया  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ |

चोरीपछि कैलाली आएका अग्रवालले एक करोड ४ लाख बढि चोरी भएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!