सञ्चारकर्मी बुढा मोडलिङमा प्रवेश

Posted on: 30 Jan, 2017

माघ, धनगढी । पछिल्लो समय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको मोडलिङ, नृत्य,गायन क्षेत्रमा प्रवेशको संख्या बढ्दै गएको छ । 

सञ्चारक्षेत्रको विकाससँगै सञ्चार क्षेत्रमा काम गर्नेहरु पनि यसक्षेत्रतर्फ आर्कषण हुँदै गएका छन् । धनगढीको रेडियो सुदूर सन्देशमा कार्यरत निकेन्द्र बुढाले पनि सञ्चार क्षेत्रसँगै मोडलिङ क्षेत्रमा पनि अभिनय सुरु गर्नुभएको छ । 

तीन वटा लोकदोहोरी गितहरुमा अभिनय गरेका बुढा अझै चार–पाँच देउडा तथा दोहोरी गीतमा अभिनय गर्ने क्रममा रहेको बताउनुहुन्छ । सानैदेखि पत्रकारितामा जम्ने र मोडलिङमा प्रवेश गर्ने इच्छा रहेको उहाँको भनाई रहेको छ । मोडलिङले मानिसको करियर बनाउने उहाँको बिश्वास छ । 

त्यसैले गर्दा पनि आफू यस क्षेत्रमा लागेको उहाँको भनाई छ । मोडलिङ र व्यवसायलाई संगै लैजाने सोच बनाएका उहाँले मेहनती र आत्मा विश्वास भएकै कारण सफलताको स्वाद चाख्ने उहाँको विश्वास छ । समाजमा केहि गर्नु छ भने परिबर्तन आफै बाट सुरु गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेको बुढाले बताउनुभयो । 

मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ क्षेत्रमा सफल हुने बुढाको विश्वास रहेको छ । सानै उमेर देखि नृत्यमा रुचि राख्ने बुढा अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्न कोशिषरत रहनुभएको छ । पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । 

तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । अछामको ऋषिदह गाविसमा जन्मेका बुढा रेडियो सुदूर सन्देशमा दुई वर्ष काम गर्दै आउनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!