बिवादकै बिच जनप्रकाश उच्च मावि जोशीपुरमा नेपाली बिषयको अनुदान कोटामा शिक्षक नियुक्त

Posted on: 15 Aug, 2017

साउन ३१, कैलाली । जनप्रकाश उच्च मावि जोशीपुरले बिवादकै बिच नेपाली बिषयको अनुदान कोटा मा शिक्षक नियुक्त गरेको छ ।

अनियमित ढङ्गले परिक्षा सञ्चालन गरेकै भन्दै १० जना आवेदक मध्ये ५जनाले परिक्षा बहिस्कार गरेका थिए । ५ जना मध्ये ४ जनाले परिक्षा दिनु भएको थियो भने १ जना अनुपस्थीत हुनु भएको थियो ।परिक्षा दिएका मध्ये बाट निस्पक्ष ढंगले छमताको आधारमा छनौट गर्दा भजनी नगरपालिका ६ का हिक्मत सिंह केसी छनौट हुनु भएको बिद्यालयका प्राध्यापक राजेश कुमार चौधरीले बताउनु भयो ।

२८ गते परिक्षा सञ्चालन भएको मा २८ गतेनै शिक्षकमा केसी छनौट हुनु भएको उहाले बताउनु भयो ।

२९ नियुत्ती पछी शिक्षक केसीले कक्षामा पढाइरहनु भएको छ । आवेदक ५ जनाले बिद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्राध्यापक ले आर्थिक चलखेल गर्दै परिक्षाको नाटक गरी आफुनिकट आवेदक नियुक्त गर्न खोजेको आरोप लगाउदै परिक्षा बहिस्कार गरेका थिए । यो बिषयले उग्र रुप लिदा समेत बिद्यालयले शिक्षक नियुक्त गरेको छ । 

उता आवेदकहरुले भने आफुहरुले बिरोध जनाउदा पनि कुनै छलफलनै नगरी मनोमानी ढंगले परिक्षा सञ्चालन गरी आर्थिक चल्खेलमा शिक्षक नियुत्त गरिएको भन्दै आपत्ति जनाएका छन् । 

सत्य तथ्य छानबिन हुनु पर्ने माग गर्दै अख्तीयारमा उजुरी समेत  हालेका छन्  ।बिप्लव निकट अखिल क्रान्तीकारी भने संगठानिक रुपमा कार्वाही अगाढी बढाउने बताएको छ ।

कार्वाही स्वरुप भएको क्षतिको जीम्मा बिद्यालय प्रसासनले लिनु पर्ने बिप्लव निकट अखिल क्रान्तीकारी एरिया नम्वर ३ का संयोजक तथा कैलाली जिल्ला कमिटी सदश्य लोकेश जोशी बताउनु भएको छ । -जीवन बिष्टको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!