१२ वर्षपछि स्ववियु चुनाव: कैलालीमा बहुमुखीमा अनेरास्ववियुको कब्जा

Posted on: 25 May, 2017

दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ । 

भट्ट ६ सय ९७ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी हुनभएको हो । उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार गुरुदेव केसी (सुमन) ले चार सय ९५ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै, सचिवमा अनेरास्ववियूकै कृष्ण रोकायाले पाँच सय २७ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकट्तम प्रतिद्धन्द्धी नेविसंघका विश्व चौधरीले चार सय नौ मत प्राप्त गर्नुभयो । 

कोषाध्यक्षमा अनेरास्ववियुकी कल्पना पालले चार सय ८२ मतसहित विजयी हुनुभयो भने नविसंघकी तृष्णा रावलले चार सय ६५ मत प्राप्त गर्दै पराजय भोग्नुभयो ।

४ हजार ५० मतदाता रहेको क्याम्पसमा ९ गते भएको मतदानमा एक हजार नौ सय ३६ मत खसेको थियो । बुधबार मतगणना भईरहेका बेला नेविसंघका प्रतिनिधिहरुले ३ सय ७५ मत च्योतपछि  गणना स्थागित भएको हो ।

झण्डै १६ सय मत गनिएपछि नेविसंघका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको आरोपमा नेविसंघका सभापतिका उम्मेद्वार गुरुदेव के.सी, नेविसंघका क्षेत्र नम्बर ६ का अध्यक्ष गजेन्द्र विक्रस साही, नेविसंघ कैलालीका कार्यबहाक जिल्ला अध्यक्ष भेष बहादुर बम, दिलिप केसी, तिलक बटाला र दिपेन्द्र सिंह गरी ६ जनालाई पनि प्रहरीले बुधबार दिउसो पक्राउ गरि साँझ छाडेको थियो । 

च्यातिएका ३ सय ७५ मतमध्ये १ सय मतमात्रै गन्न सकिेन थिए । निर्वाचन समितिले १ सय मत गणनागरेपछि विजयी घोषणा गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!