स्थानीय तह चुनाव: काग्रेसमा गुटबन्दी छताछुल्ल, पार्टी कार्यालयमा तालाबन्दी

Posted on: 25 May, 2017

दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै ९ बजे पार्टी कार्यालयमा पुगेर मुल गेटमा ताला लगाएका हुन । पार्टीमा लामो समयदेखि योगदान दिएका व्यक्तिलाई भन्दा पार्टीमा दुई पैसाको योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको  निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको बताएका छन । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट अध्यक्षका आकांक्षी उम्मेदवार कृष्ण बहादुर कुँवरको नेतृत्वमा नेपाली कांग्रेस वडा नम्बर १ का पूर्व अध्यक्ष कृष्ण बहादुर मल्ल, वडा नम्बर ५ बाट वडा अध्यक्षका आकांक्षी उम्मेदवार टेकराज ओझा लगायतका युवाहरुले तालाबन्दी गरेका हुन् । 

कैलालीमा पार्टी सभापति शेर बहादुर देउवा पक्षकालाई मात्रै वितरण गरिएको आरोप असन्तुष्टहरुको छ । चुनाव जित्ने आधार र सम्भावना भएका व्यक्तिलाई भन्दा शक्ति र पैशा भएको व्यक्तिलाई टिकट वितरण गरिएकाले पार्टी कार्यालयमा तालाबन्दी गरेको कृष्ण बहादुर कुँवरले बताउनुभयो । 

उनीहरुले समानुपाति र निपक्ष रुपमा टिकट वितरण नगरिएसम्म तालाबन्दी यथावत राख्ने चेतावनी नेतृत्वलाई दिएका छन । उनीहरुले आर्थिक प्रलोभनमा परेर टिकट बितरण गर्न लागिएको भन्दै वागी उम्मेद्वार उठाउने बताउदै आएका छन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!