कैलालीमा पूर्व शिक्षकलाई हराउँदै माओबादीका पूर्व लडाकु विजयी

Posted on: 04 Jul, 2017

असार २०, कैलाली । जिल्लाको कैलारी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादीका लाजुराम चौधरीले ६ हजार २ सय ४ मत ल्याएर जित हासिल गरेका हुन् । चौधरीका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका रामसमत चौधरीले ५८८७ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै लक्ष्मी छत्गौवा ६ हजार ६४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५ हजार ४ सय ७ मत ल्याइन् ।

लाजुराम पूर्व माओवादी लडाकु हुन् भने रामसमत शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!