कैलालीको भजनी त्रिशक्ति नगरमा माओवादी विजयी

Posted on: 04 Jul, 2017

असार २०, कैलाली । कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । 

मेयरमा माओवादीका शेरबहादुर चौधरी ५ हजार २ सय २८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका केवल चौधरीले ५ हजार २५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि माओवादीका छाया देवकोटा ५हजार ८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका धनबासी चौधरीले ४ हजार ३ सय ७८ मत ल्याएर पराजित भए । 

कैलालीका १३ वटा स्थानीय तहमध्ये अब तीनवटाको मत परिणाम आउन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!