उपमहानगरमा नेपाली कांग्रेसले खाता खोल्यो

Posted on: 08 Jul, 2017


असार २४, धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाउनुभएको छ । वड उपमहानगर प्रमुख हुनेमा पहिलो दलित हुनुहुन्छ । 

उपप्रमुखमा काँग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाउनुभएको छ । 

छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!