मेयरले वडा कार्यालयको उद्घाटन गर्दैगर्दा उपमेयरले ढुंगा हानिन्

Posted on: 17 Oct, 2020

कात्तिक १, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् ।

तर भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद बाहिरिएको छ । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् ।


शिलालेखमा मेयर र वडा पदाधिकारीहरुको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको आक्रोशमा उपमेयरले शिलालेखमा ढुंगा हानेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी समेत गरिन् ।

मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ भन्दै उपमेयरले नारा लगाएकि थिइन् ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । 

उपमेयरले नमानेपछि सबै भवनमा उपमेयरको पनि नाम राख्ने सहमति गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!