सुदूरपश्चिमका मुख्यमन्त्री द्वारा भौतिक पूर्वाधार मन्त्री बर्खास्त

Posted on: 29 Dec, 2020

पुस १४, धनगढी। सुदूरपश्चिम प्र्देशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । नेकपा भित्रको राजनीतिक विभाजनको असर प्रदेशतिर पनि देखिन थालेको हो। 

नेकपा ओली समूहमा रहेका बोहरालाई मुख्यमन्त्री भट्टले संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताएका हुन् । प्रदेशमा प्रचण्ड-नेपाल समूहको बहुमत छ । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए । 

पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ नपुगेको मन्त्री बोहराले बताएका छन्। सरकारले संसद विघटन गरेसंगै नेकपा दुई भागमा विभाजन भएको हो । प्रचण्ड-माधव नेपाल पक्ष एकातिर छन् भने ओली समूह अर्को तिर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!