मित लाउने बाहानामा एक दम्पतीको हत्या, ७ जना पक्राउ (नाम सहित)

Posted on: 22 May, 2017

दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि, ७ बुद्धचौकमा बस्दै आएका ७५ वर्षिय बद्री प्रसाद जोशी र उहाकी श्रीमति कुन्तीको हत्या भएको हो । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा जोशी दम्पतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनुभयो । स्थानीयले खवरपछि घटनास्थल पुगेको प्रहरीले ताला लगाएको अवस्थामा मृत फेला पारेको थियो । 

जोशी फुलवारीको विद्यालयका पुर्व शिक्षक हुन । उहा शिक्षकबाट अवकाश पाएर पेन्सन खाईरनुभएको थियो । जोशी दम्पतीको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बझाङको थलारा गाउपालिका, ३ का ५१ वर्षका कलक बटाला, ५० वर्षिया चन्द्रकला बटाला, कञ्चनपुरको पुनर्वास नगरपालिका, ११ अमरबस्ती बस्ने १८ वर्षिया समिक्षा साउद, ४६ वर्षका जमुना साउद, ५९ वर्षका रन्तला साउद रहेका छन । त्यस्तै, बझाङको थलारा गाउपालिका, ३ का २० वर्षकी पुजा बटाला, १२ वर्षिया सिमान धामीलाई पक्रार गरि सोधपुछ भईरहेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका पुजा बटालाकी आमासँग जोशी दम्पतीले मित लगाएका थिए । पक्राउ परेकी पुजाकी आमाले जोशीकी पत्नी कलावतीसग मित लगाएका थिए । 

मित लगाएको र घर आफ्नो नाममा गरिदिएको खुसीयालीमा पक्राउ परेकालाई पुजाकी आमाले पार्टी खान बोलाएकी हुन् । आईतवार दिउसो जोशीले घर आफ्नो नाममा गराई दिएको र साझ मित लगाउने भन्दै पुजाकी आमाले आफन्तलाई बोलाएको बुझिएको छ । तर, पार्टी खान बोलाउने पुजाकी आमा र मामा साझ जोशीको घरमा थिएनन । उनीहरु अझै फरार छन । 

मृतक जोशीको घरमा भाडामा बस्दै आएका गदरीयाका भागिराम चौधरीले आईतवार राति ८ बजेतिर २० देखि ३० जनाको समुहले खसी काटेर पार्टी खाएको बताउनुभयो । चौधरीका अनुसार उनीहरुले रातिको १२ बजेसम्म नाचगात तथा देउडा खेलेका थिए । 

हत्या गरिएको जोशी दम्पतीका एक्ला छोरा स्पेनमा हुनुहुन्छ भने ४ वटै छोरीको विहे भईसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!