प्रेसर कुकर बम नेपाली सेनाद्धारा निष्क्रिय

Posted on: 27 Jun, 2017


असार १३, कैलाली । कैलालीको सुखड बजारको पिपल चोकमा फेला परेको प्रेसर कुकर बम अत्तरीयाबाट आएको नेपाली सेनाको एक टोलीले  निष्क्रिय पारेको छ । 

रातो कपडा भित्र राखेको प्रेसर कुकर बम  मंगलबार अपरान्न १२: ३० बजे तिर निस्क्रय पारेको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ । कडा सुरक्षाका बिच उक्त बम निस्क्रय पारेको प्रहरीले जनाएको छ । बिहान डिउटी गर्दे गर्दा एक म्यादी प्रहरीले देखी पछि प्रहरीलाई खबर गरेका थिए । 

बम सगै नेपाल कम्युनिष्ट पार्टी लेखेको पम्पलेट पनि फेला परेको इलाका प्रहरी कार्यलय सुखड प्रमुख कर्ण सिंह कार्कीले जानकारी दिनु भयो । अहिले सुखड क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताईको छ । -जीवन बिष्टको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!