कैलालीमा पशु बलिको विरोधमा अहिंसा पद यात्रा

Posted on: 22 Sep, 2017

असोज ६, धनगढी। पशु बलिको विरोधमा यहां आज अहिंसा पदयात्रा गरिएको छ । 

‘निर्दोष पशुको बलि नदिउँ, विकार र विकृतिको बलि दिउँ ‘भन्ने मूल नाराकासाथ ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र धनगढीको पहलमा अहिंसा पद्यात्रा गरिएको हो । 

पदयात्राको समापन गर्दै प्रशिक्षण केन्द्रकी प्रमुख हिरा दिदीले वैदिक सनातन धर्मले पशुको बलि दिएर हिंसा नगर भनेको उल्लेख गर्दै धर्मको नाममा निर्दोष प्राणीको हिंसा गर्दा समाजमा शान्ति नहुने बताउनुभयो । 

मन्दिरमा देवीमाताको नाममा बलि दिने कार्य उपयुक्त नभएको उल्लेख गर्दै उहाँले मानवले आफू परिवर्तित हुनसकेमा मात्रै सबै प्राणीको कल्याण हुने विचार व्यक्त गर्नुभयो ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!