बैतडीबाट छुटेको बस कैलालीमा दुर्घटना हुँदा २७ जना घाइते

Posted on: 12 Nov, 2017

ललित बोहरा/कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट कैलाली जादौ गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान ४ बजे दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंम्बरको ३० जना सवार बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी जनाव हरिष बिष्टले जानकारी दिनुभयो ।

उहाँले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताउनु भयो । “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।” उहाँले भन्नुभयो, “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।” दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!