कैलालीमा बाक्लो हुस्सुका कारण दुई बस ठोक्किए (तस्बिरसहित)

Posted on: 13 Jan, 2018

पुस २९, कैलाली । कैलालीमा बाक्लो हुस्सुका कारण दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।  


टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।


बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन । घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । 


घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!