होली कार्यक्रममा सहभागी एक युवाको खुकुरी प्रहार गरी हत्या

Posted on: 02 Mar, 2018

फागुन १८, धनगढी । कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएको छ । 

सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११: ४५ बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताउनुभयो । 

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । 

पहाडी जिल्ला र तराईंका जिल्लामा छुट्टाछुट्टै दिन होली पर्व मनाउने गरिए पनि कैलाली र कञ्चनपुर जिल्लामा दुबै दिन होली मनाउने चलन छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!