विप्लपका कार्यकर्ता ओली कैलालीबाट पक्राउ

Posted on: 14 Aug, 2018

साउन २९, धनगढी | कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले आज पक्राउ गरेको छ । 

सो पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । उक्त पार्टीले आह्वान गरेको बन्दका कारण आज कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!