कैलालीमा बस दुर्घटना: एकको मृत्यु, ११ जना घाइते

Posted on: 01 Oct, 2018

असोज १५, कैलाली | धनगढीबाट टिकापुर जाँदै गरेको बस गोदावरी नगरपालिका बल्मिमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घैती भएका छन् । सुदूरपश्चिम यातायातको से १ ख  १०२५ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा कैलालीको गौरिगंगा नगरपालिका ४ की ७५ वर्षीया ईश्वरीदेवी विनाडी रहेकी छन् | विडानीको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको अत्तरियास्थित पद्ममा अस्पातलमा उपचार भइरहेको छ। तीव्र गतिका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!