कैलालीमा ५१ वर्षीय पुरुषले गरे आत्महत्या

Posted on: 31 Oct, 2018

जीवन बिष्ट | कार्तिक १४, कैलाली । कैलालीको घोडाघोडी नगरपालीका वडा नम्वर १ डोडा शिविरका एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

डोडा शिवीरका ५१ वर्षीय सरादु थारुले आफ्नै घर पछाडीको आपको रुखमा झुन्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । अत्याधिक मदिरा सेवन गरेका थारुले मंगलवार रातको समयमा घर पछाडीको आपको रुखमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी सेती अञ्चल अस्पताल धनगढी लगीएको छ ।घटनावारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखड प्रमुख यक्षराज जोशीले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!