अमेरिकामा एक नेपाली युवकमाथि गोली प्रहार

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमाडौं | अमेरिकाको टेक्सस राज्यमा एक नेपालीमाथि गोलि प्रहार भएको छ | अज्ञात व्यक्तिको गोली प्रहारबाट धनगढीका बिनोद जेठोरा गम्भीर घाइते भएका छन्।

घाइते जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । अमेरिकी समयअनुसार सोमबार बिहान टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमा उनीमाथि गोली प्रहार भएको हो । जेठारा सो पेट्रोल पम्पमा एक वर्षदेखि काम गर्दै आएका थिए। 


उनको छातिमा गोली लागेको बताइएको छ ।

टेक्सस प्रहरीले जेठारामाथि गोली प्रहार गर्ने व्यक्तिका खोजी भइरहेको बताएको छ। कालो कोट र रातो टोपी लगाएका अश्वेतले गोली प्रहार गरेको क्लोज सर्किट क्यामेरा फुटेजमा देखिएको छ । बिहान हतियारसहित आएको व्यक्तिले काउन्टरमा गएर नजिकैबाटै जेठारामाथि गोली प्रहार गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!