धनगढीमा स्कुल भ्यान दुर्घटना हुँदा ८ जना विद्यार्थी घाईते

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ | धनगढीमा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ | धनगढीको डमौलीयामा  भएको दुर्घटनामा  ८ जना विद्यार्थी घाईते भएका छन् । 

आज विहान साढे ९ बजे धनगढी उप–महानगरपालिका वडा नम्वर १७ डमौलीयामा जिल्लाको गौरीगंगा नगरपालिकाको डिआर मेमोरियल स्कुलको म्याजिक भ्यान दुर्घटना भएको हो। गौरीगंगा नगरपालिका वडा नम्वर २ चौमलाका २४ बर्षीय लालप्रशाद रावतले चलाएको से १ ज ९२४ नम्वरको म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाईते भएका हुन् ।

घाईते सबैको सेती अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताएका छन् । भ्यान अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!