कैलालीमा बस दुर्घटना हुदाँ ९ जना घाईते

Posted on: 15 Jul, 2019

असार ३० कैलाली | कैलालीमा बस दुर्घटना हुदा ९ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया  गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमाबस दुर्घटना भएको हो | 

दुर्घटनमा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। घाईते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ | 

प्रहरीका अनुसार रड भाँचिदा बस दुर्घटना भएको अनुमान गरिएको छ |  बसका चालक भने ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!