कैलालीको गोदावरीमा अज्ञात समूहद्धारा कारमा आगजनी

Posted on: 02 Aug, 2019

साउन १७, कैलाली  | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडीगरि राखेको कारमा अज्ञात समूहले आगजनीमा  गरेको छ  |

  खुल्ला ठाँउमा पार्किङ गरेर  राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको कैलाली जिल्ला प्रहरीले जनाएको  छ |  कारको पछाडीको पुरै भाग जलेको छ भने गाडीको भागमा केही क्षती भएको प्रहरीले जनाएको छ | आगो कसले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको  प्रहरीको भनाइ छ  |

ब्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी भएको आशंका गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!