कैलालीमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौँ | कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

किशोरीलाई सुतिरहेको बेला आज बिहान करिब ३ बजे घर भित्रै प्रवेश गरी मुख थुनेर बलात्कार गरेको आरोप लागेको छ । देवललाई पक्राउ गरी थप अनुसन्धानका लागि धनगढी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!