धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण, तीन जना पक्राउ

Posted on: 10 Sep, 2019

भदौ २४, कैलाली  | कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जना पक्राउ परेका छन् | युवतीको अपहरण गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर १६ का २९ बर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ बर्षीय अनिल राना र २२ बर्षीय सन्दिप रानालाई प्रहरीले पक्राउ गरेको हो |

२१ गते राती १२ बजे धनगढीको जाखोर ताल नजिककी १६ बर्षीय युवतीलाई उनीहरुले आफुहरु प्रहरी भएको भन्दै लगेका थिए। एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनै जनाले युवतीलाई अपहरण गरेका थिए।

२२ गते राती प्रहरीले उनीहरुलाई वडा नम्वर १६ बाट पक्राउ गरि युवतीको उद्धार गरेको हो । १६ बर्षीय युवतीको स्वास्थ्य परिक्षण गरि आफन्तलाई बुझाईएको छ । तीन जना विरुद्ध भने अपहरण, शरिर बन्दक र जवरजस्तीकरणीमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!