कैलालीको लम्कीचुहाका मेयरको कार्यकक्षमा आगलागी

Posted on: 15 Sep, 2019

भदौ २९, कैलाली | कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगलागी भएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार मेयर बजगाईको कार्यकक्षमा गएराती आगलागी भएको हो। 

इप्रका लम्कीका प्रमुख प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले मेयरको कार्यकक्षमा गएराती आगलागी भएको बताएको छन | आगलागीबाट मेयरको कुर्सी, टेबल, इस्टपलाईजर, एसी तथा कार्पेट क्षेति भएको प्रहरीले जनाएको छ | तर अन्य कागजपत्रमा भने कुनै क्षती भएको छैन |

प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ । प्रहरी निरिक्षक चन्दले प्रारम्भीक अनुसन्धानबाट घटना स्थलमा कुनै शंकास्पद वस्तु समेत नभेटिएकाले कुनै व्यक्तिले आगो लगाएको भन्न सकिने अवस्था नरहेको जनाउँदै विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएपनि घटनाको अनुसन्धान जारी रहेको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!