अज्ञात समुहद्धारा कैलालीमा स्काइभेटरमा आगजनी

Posted on: 15 Dec, 2019

मंसिर २९, कैलाली | कैलालीमा अज्ञात समुहले स्काईभेटरमा आगजनी गरेको छ |  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटीया खोलामा ढुंगा, गिट्टी वालुवा निकाल्न राखेको बा २ क ९७४८ नम्बरको स्काईभेटरमा शनिबार राति अज्ञात समुहले आगजनी गरेको हो |

उक्त स्काईभेटरको ईञ्जिनमा आसिंक क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए | घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!