दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार

Posted on: 27 Dec, 2019

पुष ११, कैलाली | धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । 

धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो । 

अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन क्षेत्रमा लगेर छोडिएको कँणेलले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणले उक्त खोलामा अजिङ्गर देखेपछि वन कार्यालयमा खबर गरेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!