धनगढीमा स्टाफ नर्स मृत फेला

Posted on: 29 Dec, 2019

पुस १३, धनगढी | धनगढीमा स्टाफ नर्स मृत फेला परेकी छन् | धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत फेला परेकी हुन् |

हसनपुरमा डेरामा बस्दै आएकी ऐर केही बेर अघि मृत अवस्थामा भेटिएकि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए | उनी बन्द कोठा भित्र सुतेकै अवस्थामा फेला परेको प्रहरीले जनाएको छ |

उनी धनगढीको निसर्ग हस्पीटल र नवजीवन अस्पतालमा काम गर्दै आएकि छिन् | अहिले मुचुल्का उठाउने काम भईरहेकाले शव उठाएको छैन | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!